"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विवेकशील साझाको अध्यक्षमा समीक्षा, संयोजकमा सञ्जीव

प्रकाशित मिति :  14 August, 2022 3:48 pm


काठमाडौं । विवेकशील साझा पार्टीमा नयाँ नेतृत्वबारे सहमति जुटेको छ । अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि बैठक नै बस्न नसकेको पार्टीमा नयाँ अध्यक्ष र संयोजकको नाममा सहमति जुटेको हो ।

त्यसअनुसार आइतबार ३ बजे पार्टीको बैठक बोलाइएको विवेकशील साझाका एक नेताले जानकारी दिए । उनका अनुसार अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाममा सहमति जुटेको छ ।

बाग्मती प्रदेशको संयोजक रहेकी बाँस्कोटा ३० वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् । बाँस्कोटा, निवर्तमान अध्यक्ष मिश्र पक्षका हुन् भने भट्टराई भने निर्देश सिलवाल निकट हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको