"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्तारुढ गठबन्धनको कार्यदल बैठक : सिटौलालाई प्रस्ताव ल्याउने जिम्मा

प्रकाशित मिति :  15 August, 2022 7:06 pm


सत्तारुढ गठबन्धनको कार्यदल बैठकको फाईल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कार्यदलका अर्का सदस्य रामसहाय यादवका अनुसार पर्सि बुधबार बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सयोजकलाई दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने