"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदबाट नागरिकता विधेयक आजै पारित गर्ने तयारी, छलफल जारी

प्रकाशित मिति :  18 August, 2022 1:09 pm


काठमाडौं । संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ ।

राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा नेकपा एमालेले नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेका थिए । यसबारे विषयगत समितिमा पनि छलफल गर्नुपर्ने माग गरेका थिए ।

तर संसद सचिवालयले आजै विधेयक पारित गर्ने विषय कार्यसूचीमा चढाएको छ । संसद बैठक सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद