"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाँच वर्षमा प्रदेश सरकारबारे टुङ्गो लाग्छ : महामन्त्री थापा

प्रकाशित मिति :  20 August, 2022 3:03 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने विषय टुङ्गो लाग्ने बताउनुभएको छ । कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो बताउनुभयो । 

प्रदेश सरकार सञ्चालन प्रक्रियामा सफल हुन नसकेको उहाँले बताउनुभयो । प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको उहाँको भनाइ छ । संघीय सरकारले प्रदेश किन बनाएको र केकालागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको बताउनुभयो । 

महामन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा ल्याइएको बताउनुभयो ।

महामन्त्री थापाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पछि बनेको सरकारले पनि प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न नसके प्रदेश नबच्ने उहाँले दाबी गर्नुभयो । अबका ५ वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकाले काम गर्न नसके प्रदेश सरकार खारेज हुने उहाँले बताउनुभयो । 

महामन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा ल्याइएको बताउनुभयो । नेता नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा.बाबुराम भट्टराई र प्ष्पकमल दाहाल हुँदै अहिले शेरबहादर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको उहाँको भनाइ छ ।

कांग्रेस नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा चीनको बीआरआई सम्झौतामा हस्ताक्षर भएको उहाँले बताउनुभयो । एसपीपीले प्रकारान्तरमा नेपाललाई अप्ठ्यारो पार्ने भएकाले खारेज गरिएको उहाँको भनाइ छ । महामन्त्री थापाले केही समयअघि मात्रै परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदा चीन नीतिमा प्रतिवद्ध रहेको बताउनुभएको उहाँले स्मरण गर्नुभयो । कांग्रेस एक चीन नीतिमा अडिग रहने उहाँले स्पष्ट पार्नुभयो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने