"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पार्टी एकताका विषयमा प्रचण्ड-माधवबीच छलफलमा

प्रकाशित मिति :  22 August, 2022 4:13 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। 

सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए। 

छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको एक नेताले जानकारी दिए।

बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल गरेको थियो। माओवादी केन्द्रले यसअघि नै बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न अनुमति दिइसकेको छ।

यद्यपी उनीहरूले राखेका केही सर्तका विषयमा भने छलफल गर्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ। सत्तारूढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको छ। यसैका लागि आज सत्तारूढ दलको बैठक बस्दैछ। बैठकमा हुनसक्ने सम्भावित एजेन्डाबारेसमेत छलफल भएको एक नेताले जानकारी दिए।

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउनेसमेत निर्णय भइसकेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने