"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले आमनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने योजना निर्माण गर्दै

प्रकाशित मिति :  23 August, 2022 6:07 pm


काठमाडौँ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने आमनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी योजना निर्माण हुने बताएका छन् ।स्थायी कमिटीको मंगलबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष ओलीले नेपालमा एमालेबाहेक राजनीतिक दल वामपन्थी नभएको भन्दै एक्लै चुनावी प्रतिस्पर्धाको तयारी गर्ने बताए । 

बैठकमा स्थायी कमिटीका सदस्य घनश्याम भुसालले वामपन्थी दलबीच गठबन्धन गरेर चुनावमा जानु पर्ने धारणा राखेका थिए । त्यसको जवाफ दिँदै अध्यक्ष ओलीले अन्य वामपन्थी हुन भनेर आफूलाई प्रमाणित गर्नुपर्ने बताएका थिए ।

‘अन्य दलहरुले आफू वामपन्थी हुँ भन्छन् भने त्यसलाई प्रमाणित गर्नुपर्छ । एमालेबाहेक दल वामपन्थी छैनन्,’ ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘मंसिरमा हुने आमनिर्वाचनमा एक्लै लड्ने गरी तयारीमा केन्द्रीय कमिटीले योजना बनाएर अघि बढ्छ ।’

यसअघि पनि ओलीले सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दल वामपन्थी दल नभएको बताउँदै आएका थिए ।

शुक्रबार र शनिबार हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न मंगलबार स्थायी कमिटीको बैठक बसेको हो । यसअघि स्थायी कमिटीको बैठक वैशाखमा भएको थियो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने राजनीतिक प्रतिवदेनको खाका प्रस्तुत गरेको जानकारी गराए । त्यसैगरी वैशाखमा भएको केन्द्रीय कमिटी बैठकपछि निर्णयहरुको अनुमोदन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने