"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले खटायो चुनावी अभियानका लागि जिल्ला प्रतिनिधि (सूचीसहित)

प्रकाशित मिति :  23 August, 2022 6:55 pm


काठमाडौं । ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको चुनावी अभियानका लागि नेपाली कांग्रेसले जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

७७ जिल्लामा १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि खटाएको हो । १० भदौदेखि २४ सम्म सञ्चालन हुने अभियानका लागि डोल्पा र हुम्लाबाहेक अरु जिल्लामा प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय प्रतिनिधिमा चयन भएकाहरु धेरैजसो केन्द्रीय सदस्य छन् । केन्द्रीय प्रतिनिधिमा शीर्ष तहका नेताहरुलाई भने समावेश गरिएको छैन । प्रतिनिधिहरुलाई जिल्ला निर्धारण गर्दा सकेसम्म गृह जिल्लाको नजिकको जिल्ला तोकिएको छ ।

प्रतिनिधिहरुले जिल्लामा पुगेर मातहतका संरचनाको बैठक राखी कार्यक्रम तय गर्नेछन् । जिल्ला समिति, महासमिति प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा लगायत तल्लो तहका संरचनाको बैठक आह्वान गर्नेछन् ।

जनताका समस्या सुन्ने, कांग्रेसले गरेका सुधारका कार्य जनतालाई जानकारी गराउने तथा तालमेलको आवश्यकता बारे नागरिकलाई अवगत गराउने अभियानको उद्देश्य छ ।

हेर्नुस् सूची



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने