"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

प्रकाशित मिति :  24 August, 2022 11:18 am


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरू बालुवाटार गएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार गएका हुन्।

उनीहरूबीच अहिले भेटवार्ता जारी छ। स्रोतका अनुसार नागरिकता विधेयक र मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेका छन्।

प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नगरी अघि बढेको बताइरहेका थिए। चुनावको मिति घोषणा गर्दा पनि प्रतिपक्षी दलसँग परामर्श नगरिएको आरोप एमालेको थियो।

तर सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेता ओलीलाई टेलिफोन गरे पनि त्यसबेला सम्पर्क हुन नसकेको प्रतिक्रिया दिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने