"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

प्रकाशित मिति :  24 August, 2022 11:18 am


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरू बालुवाटार गएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार गएका हुन्।

उनीहरूबीच अहिले भेटवार्ता जारी छ। स्रोतका अनुसार नागरिकता विधेयक र मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेका छन्।

प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नगरी अघि बढेको बताइरहेका थिए। चुनावको मिति घोषणा गर्दा पनि प्रतिपक्षी दलसँग परामर्श नगरिएको आरोप एमालेको थियो।

तर सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेता ओलीलाई टेलिफोन गरे पनि त्यसबेला सम्पर्क हुन नसकेको प्रतिक्रिया दिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको