"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री देउवासँग ओलीले गरेका चार समसामयिक विषय

प्रकाशित मिति :  ८ भाद्र २०७९, बुधबार १४:३६


काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रेहका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।  देउवालाई भेट्न ओली झन्डै ६ महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।  

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवासँग कुराकानी गर्न अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए। भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग चार वटा विषय राखेका छन्।

पहिलो, आगामी निर्वाचनबारे। सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ। मिति घोषणाका बेला सरकारले आफूहरूसँग परामर्श नगरेको एमालेको आरोप थियो।

ओलीले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।ओलीले उठान गरेको दोस्रो विषय, शान्ति प्रक्रियाबारे हो। शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्ने कुरा पनि ओलीले प्रधानमन्त्रीसँग राखेका छन्।

सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरेको थियो। सरकारले यस्ता विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल नगरेको पनि एमालेले बताउँदै आएको थियो।

ओलीले राष्ट्रपतिले फिर्ता गरेपछि फेरि संसदमा पुगेको नागरिकता विधेयकबारे पनि प्रधानमन्त्री देउवासँग कुरा राखेका छन्। सरकारले दुबै सदनबाट नागरिकता विधेयक पारित गरी सभामुखमार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक पुन: संसदै फिर्ता पठाएकी थिइन्।

सरकारले हुबहु फेरि नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गरेको छ। ओलीले प्रधानमन्त्री देउवासँग राखेको अर्को विषय हो- मूल्यवृद्धि। दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेको आरोप एमालेको छ।

ओलीले प्रधानमन्त्री देउवालाई मूल्यवृद्धि नियन्त्रण गर्न ध्यानाकर्षण गराएका हुन्। भेटवार्तामा सहभागी कांग्रेस नेतासमेत रहेका सञ्चार मन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले राखेका विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिने बताएको उल्लेख गरे।

‘तपाईंहरूले उठान गरेका विषयवस्तु सकारात्मक रूपमा लिन्छु,’ प्रधानमन्त्री देउवाका भनाइ उद्धृत गर्दै कार्कीले भने, ‘यी सबै कुरा म पाँच दलीय गठबन्धन बैठकमा पनि राख्छु।’ आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुने भएकोले यसमा चिन्ता नगर्न प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। ‘निष्पक्ष चुनाव गराउन सरकार प्रतिवद्ध छ,’ प्रधानमन्त्री देउवाले भनेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार