"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको चुनावी अभियान : “जनताको साथमा नेपाली कांग्रेस” सुरु

प्रकाशित मिति :  26 August, 2022 1:25 pm


काठमाडौं । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गर्दैछ। कांग्रेसले यो अभियानलाई ‘जनताको साथमा नेपाली कांग्रेस’ नाम दिएको छ।

आजदेखि भदौ २४ गतेसम्म यो अभियान सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ। कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य प्रतिनिधि पठाएर अभियान सञ्चालन गर्न लागेको हो।

कांग्रेसले सातै प्रदेश कार्यसमितिबाट पनि यस अभियानका लागि जिल्ला-जिल्ला प्रतिनिधि पठाएको छ।  यो अभियान सकिएपछि घरदैलोलगायत अभियान गर्ने कांग्रेसको तयारी छ।

कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने