"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको चुनावी अभियान : “जनताको साथमा नेपाली कांग्रेस” सुरु

प्रकाशित मिति :  26 August, 2022 1:25 pm


काठमाडौं । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गर्दैछ। कांग्रेसले यो अभियानलाई ‘जनताको साथमा नेपाली कांग्रेस’ नाम दिएको छ।

आजदेखि भदौ २४ गतेसम्म यो अभियान सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ। कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य प्रतिनिधि पठाएर अभियान सञ्चालन गर्न लागेको हो।

कांग्रेसले सातै प्रदेश कार्यसमितिबाट पनि यस अभियानका लागि जिल्ला-जिल्ला प्रतिनिधि पठाएको छ।  यो अभियान सकिएपछि घरदैलोलगायत अभियान गर्ने कांग्रेसको तयारी छ।

कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको