"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले उम्मेदवारहरूको सिफारिस २२ भदौभित्र गर्ने

प्रकाशित मिति :  27 August, 2022 5:24 pm


काठमाडौं । नेकपा एमालेले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ। 

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बन्द सूची आगामी भदौ २२ गतेसम्म पठाइसक्नुपर्ने निर्णय भएको बताए। जिल्लाले पठाएको निर्णय अन्तिम नहुने बताइएको छ।

यस्तै बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ।

प्रतिनिधि सभा र प्रदेश सभातर्फ उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने निर्णय गरेको छ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र छनौट मापदण्ड तोकेको छ।

यस्तै, बैठकले उम्मेदवारको छनौट मापदण्ड तोकेको छ। पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध हुनुपर्ने, लोकप्रियता र विजयीको सुनिश्चितता, सन्तुलन र समावेशीता, निर्वाचन कानुनबमोजिम पूरा भएको मापदण्ड बनाइएको छ। 

जनाधार, आवश्यकता र लोकप्रियतालाई ध्यान दिने एमालेले जनाएको छ। प्रत्यक्ष निर्वाचनमा जित्ने सम्भावना बढी र संसदीय भूमिका बढी भएकालाई प्राथमिकता दिइने उपमहासचिव गुरुङले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको