"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले उम्मेदवारहरूको सिफारिस २२ भदौभित्र गर्ने

प्रकाशित मिति :  27 August, 2022 5:24 pm


काठमाडौं । नेकपा एमालेले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ। 

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बन्द सूची आगामी भदौ २२ गतेसम्म पठाइसक्नुपर्ने निर्णय भएको बताए। जिल्लाले पठाएको निर्णय अन्तिम नहुने बताइएको छ।

यस्तै बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ।

प्रतिनिधि सभा र प्रदेश सभातर्फ उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने निर्णय गरेको छ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र छनौट मापदण्ड तोकेको छ।

यस्तै, बैठकले उम्मेदवारको छनौट मापदण्ड तोकेको छ। पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध हुनुपर्ने, लोकप्रियता र विजयीको सुनिश्चितता, सन्तुलन र समावेशीता, निर्वाचन कानुनबमोजिम पूरा भएको मापदण्ड बनाइएको छ। 

जनाधार, आवश्यकता र लोकप्रियतालाई ध्यान दिने एमालेले जनाएको छ। प्रत्यक्ष निर्वाचनमा जित्ने सम्भावना बढी र संसदीय भूमिका बढी भएकालाई प्राथमिकता दिइने उपमहासचिव गुरुङले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने