"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभ्रेमा ‘जनताका साथमा कांग्रेस अभियान’ सबै टोल बस्तीमा पुग्दै (यस्तो छ कार्ययोजना र कार्यतालिका)

प्रकाशित मिति :  १३ भाद्र २०७९, सोमबार ११:५१


बनेपा । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले तय गरेको जनताका साथमा कांग्रेस अभियान लिएर कांग्रेस काभ्रे सबै वडाका टोल बस्तीमा कार्यक्रम लिएर गएको छ । अभियान अन्तर्गत जिल्ला, प्रतिनिधी सभा, प्रदेश सभा, स्थानीय तह, वडा र टोल समिति परिचालन भएर विभिन्न कार्यक्रमहरु तय भएका छन् । विभिन्न कार्यक्रमका साथ कांग्रेस काभ्रे अभियानमा होमिएका छन् । जिल्ला सभापति तिर्थ लामाले भन्नुभयो, अभियानको उद्धेश्य पुरा गर्न र आसन्न निर्वाचनमा जित हासिल गर्नको लागि सांगठनिक विभिन्न गतिविधी सञ्चालन गर्नेछौं ।
अभियानका लागि काभ्रे खटिनुभएका केन्द्रीय सदस्य रमा कोइराला पौडेलले भदौ १० बनेपामा जिल्लास्तरीय कार्यक्रम उद्धघाटन गरेर अभियान शुरुवात गर्नुभएको थियो । यसविच आइतबार प्रतिनिधीसभा क्षेत्र नं १ ले भकुण्डेवेशीमा युवा संवाद कार्यक्रम सम्पन्न गरेको छ भने सोमबार प्रदेश सभा क्षेत्र नं १ (क) ले भकुण्डेवेशीमा र प्रनिनिधीसभा क्षेत्र नं २ र यसका दुवै प्रदेश कार्यसमितिले संयुक्त रुपमा धुलिखेलमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीसंग अन्तरक्रिया कार्यक्रम तय गरेका छन् ।
प्रदेश सभा क्षेत्र नं १ (ख) ले मंगलबार पनौतीमा विशेष समारोह आयोजना गरेको सभापति चन्द्रबहादुर लामाले जानकारी दिनुभयो । पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ गतेसम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएपछि सञ्चालन हुने उनको भनाई थियो ।

स्थानीय तहको निर्वाचन २०७९ लाई लक्षित गरेर पार्टीले सञ्चालन गरेको घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानबाट अपेक्षित नतिजा आएको र संगठन निर्माणमा पनि सहयोग पुगेको बुझेको कांग्रेसले आसन्न प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनको लागि पनि देशभर सञ्चालन गर्न ‘जनताको साथमा कांग्रेस’ अभियान घोषणा गरेको हो । अभियानको लागि कांग्रेसले देशैभरी प्रतिनिधी खटाएको छ । प्रदेशले जिल्ला र स्थानीय तहमा र जिल्ला कार्यसमितिले स्थानीय तह र वडास्तरमा प्रतिनिधी खटाएको छ । अभियानका लागि देशभर खटिएका केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी पूरा गरेर केन्द्रीय कार्यालयमा लिखित प्रतिवेदन बुझाउनेछन् ।


अभियानका चार उद्देश्य


कांग्रेसले यस अभियानमा उद्देश्य राखेको छ । जसमा मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने उल्लेख छ । यसैगरी, जनताको घर–आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने रहेको छ ।

तेस्रो उद्देश्यमा कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने रहेको छ । अन्तिम उद्देश्यमा निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने रहेको छ । यसबाट गठबन्धनबारेमा जनमानसमा रहेको भ्रमलाई चिर्न खोजिएको छ ।

यस्तो छ मोडालिटी

जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आंकलन गरेर जिल्लास्तरीय, प्रतिनिधीसभा क्षेत्र, प्रदेश क्षेत्रीय वा स्थानीय तह र वडास्तर सम्म कार्यक्रम गर्ने काभ्रेको लागि खटिनुभएका केन्द्रीय सदस्य रमा कोइराला पौडेलले जानकारी दिनुभयो । केन्द्रीय निर्देशन अनुसार गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिकास्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मुलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिनेछ ।

उता, नेपाली कांग्रेसको विधानको धारा (५) ले टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित वढीमा १५ जना रहने व्यवस्था गरेकोमा विधान बमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको भए अभियानको क्रममा टोल समितिलाई पूर्णता दिनुपर्ने उल्लेख छ । कतिपय टोलका संयोजक पद यो वा त्यो कारणले रिक्त रहेको वा कुनै पदाधिकारी वा सदस्य पद रिक्त भएको भए यो अभियानको यो अवधि पूर्णता दिनुपर्ने निर्देशन रहेको छ ।
यही अवधिमा टोल कार्यसमिति भित्र पनि फरक विभाग, जिम्मेवारी बाँडफाँड टुंगो गर्नु पर्ने उल्लेख छ । टोल कार्यसमितिको बैठक नियमित रुपले निश्चित समयमा बस्ने टुंगो गराई त्यसको शुरुवात गर्नुपर्ने र बैठकको निर्णय वडामा पठाउने व्यवस्था मिलाउनु पर्ने निर्देशनमा छ । टोल केन्द्रित अभियानका लागि वडा कार्यसमितिसंगको समन्वयमा गाउँ–नगर कार्यसमितिले टोल प्रतिनिधि खटाउने उल्लेख छ ।

अभियानका क्रममा टोलभित्र टोल कार्यसमितिकै ब्यानरमा कम्तिमा एउटा राजनीतिक कार्यक्रम, कम्तिमा एउटा सामाजिक कार्यक्रम, कम्तिमा एउटा मतदाता संवाद (जसमा विशेषगरी नयाँ मतदाताका कुरा सुन्ने कार्यक्रम), एउटा विकास संवाद (विकास निर्माणका बारेमा छलफल गर्ने), एउटा युवा संवाद (युवा मुद्दाका विषयमा सुन्ने), एउटा महिला संवाद (महिला समुहहरूसंग महिलाका मुद्दाका वारेमा सुन्ने), एउटा दलित समुदाय संवाद (दलित समुदाय र सामाजिक मुद्दावारे छलफल गर्ने) र एउटा क्रियाशील सदस्यहरूसंग संवाद (पार्टीको सांगठनिक अबस्था विष्लेषण गर्ने) लगायतका कार्यक्रम गर्नुपर्ने निर्देशनमा रहेको छ ।


निर्देशनमा कांग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्’, नागरिक पंक्तिबाट सुझाव लिने, कार्यक्रममा आफै बोल्ने भन्दा पनि अन्तरक्रिया गर्ने र जनताका कुरा सुन्ने हुनुपर्ने, सकेसम्म जनताकै आगनमा छलफल गर्ने प्रबन्ध मिलाउनु पर्ने उल्लेख छ । अभियानका क्रममा ‘ज्येष्ठ नागरिक सम्मान’ देखि ‘उत्कृष्ट कार्यको सम्मान कार्यक्रम’ सम्म, समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्यमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान गर्ने भनिएको छ । अभियानका दौरान टोलमा संचालन हुने विभिन्न सामाजिक काममा सक्रिय रहने । सामाजिक विकृतिका विरुद्ध अग्रसरता लिने उल्लेख छ ।


निर्देशनमा टोलभित्रको घरधुरी संख्या, घर मुली र परिवारका सदस्य, पेसा व्यवसाय, नेपालभित्र विभिन्न जिल्ला र बाहिर रोजगारीको सिलसिलामा गएको भए सो को विवरणलगायत टोलको विस्तृत विवरण संकलन गर्ने, बाहिर रहेका मतदातासंग सम्पर्क र समन्वय गर्न कार्यसमितिको एक जना सदस्यलाई जिम्मेवारी प्रदान गर्ने र आवश्यकता अनुसार सम्पर्क समन्वय गर्ने उल्लेख छ । टोलभित्रका कांग्रेस सदस्यहरूको विवरण, मतदाताको विवरण, नयाँ मतदाताको अद्यावद्यिक विवरण राखी उनीहरूको घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्ने, पार्टीका गतिविधिबारे जानकारी दिने, मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने, राष्ट्रिय राजनीतिमा पार्टीले लिएका अडान र एजेण्डाबारे टोलवासीलाई सु–सूचित गर्ने, भ्रम निवारण गर्ने, टोल कार्यसमितिका सदस्यलाई निश्चित घर र मतदाता संख्या वाँडफाँट गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःख सुःखमा सामेल हुने लगायतको जिम्मेवारी दिने कुराहरु केन्द्रीय सर्कुलरमा उल्लेख छ ।
जिल्लामा यस्तो छ अभियान कार्यतालिका
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको २०७९ भाद्र ८ गते बसेको पदाधिकारी बैठक र २०७९ भाद्र १० गते बसेको जिल्ला कार्यसमिति बैठकले अभियानलाई प्रभावकारी रुपमाा सञ्चालन, अनुगमन र नेतृत्व गर्ने निश्चित गरेको छ । बैठकले केन्द्रको परिपत्रमा उल्लेख गरे अनुसारको कार्यसम्पन्न गर्न कार्ययोजना र कार्य जिम्मेवारी निर्धारण गरेको सभापति तिर्थ लामाले जानकारी दिनुभयो । कार्ययोजना अनुसार, भाद्र १० गते जिल्ला स्तरमा ‘जनताको साथमा कांग्रेस’ अभियाना सुभारम्भ भइसकेको छ । १३ वटा पालिका र १३५ वटा वडामा जिल्ला प्रतिनिधिहरु खटाइसकिएको छ ।
भाद्र १२ गते भित्र २ वटा प्रतिनिधि सभा क्षेत्र स्तरीय सार्वजनिक कार्यक्रम, भाद्र १४ गते भित्र ४ वटा प्रदेश सभा क्षेत्र स्तरीय सार्वजनिक कार्यक्रम आयोजना गर्ने तय भएको छ । भाद्र १६ गते भित्र गाउँ तथा नगरपालिका स्तरमाा एक सार्वजनिक कार्यक्रम आयोजना गर्ने कार्ययोजना छ ।
भाद्र १७ गते देखि २१ गते सम्म वडा र टोल स्तरमा परिपत्रमा उल्लेख भए अनुसारको कार्यक्रम आयोजना गर्ने तय छ । भाद्र २४ गते विपि जन्मजयन्तीको अवसरमा जिल्ला स्तरीय विशाल कार्यक्रमका बिच ‘जनताको साथमा कांग्रेस’ अभियानको पहिलो चरण समापन गरिने जिल्ला सभापति तिर्थ लामाले जानकारी दिनुभयो ।

कहाँ को खटिए ?

अभियानलाई प्रभावकारी सञ्चालन, समन्वय, अनुगमन र नेतृत्व प्रदान गर्नको लागि गाउँ तथा नगरपालिका स्तरमा जिल्ला प्रतिनिधि खटिएका छन् । सभापति तीर्थ लामालाई पनौती नगरपालिका, उपसभापति ठाकुर प्रसाद न्यौपानेलाई पाँचखाल नगरपालिका, उपसभापति रमेश प्रसाद हुमागाईलाई नमोबुद्ध नगरपालिका, सचिव गुणराज मुक्तानलाई तेमाल गाउँपालिका, सचिव माधव ढकाललाई बेथानचोक गाउँपालिका, सहसचिव समिर व्यञ्जुलाई चौरीदेउराली गाउँपालिका, सहसचिव रविन्द्रनाथ सिग्देललाई खानीखोला गाउँपालिका गाउँपालिकाको जिम्मेवारी तोकिएको छ ।


कोषाध्यक्ष जगन्नाथ गिरिलाई महाभारत गाउँपालिका, नेता अच्यूत प्र पौडेललाई भुम्लु गाउँपालिका, प्रचण्डराज प्रधानलाई बनेपा नगरपालिका, सुन्दरमणी आचार्यलाई धुलिखेल नगरपालिका, नारायण तिमल्सिनालाई मण्डनदेउपुर नगरपालिक र रामकृष्ण हुमागाईलाई रोशी गाउँपालिकामा जिम्मेवारी तोकिएको छ ।


जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र नेताहरुलाई १३५ वडामा जिल्ला प्रतिनिधिको रुपमा खटाएको छ । सभापति तिर्थ लामाको संयोजकत्वमा सबै पदाधिकारी र नेता अच्युत पौडल सदस्य रहेको ९ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको