"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘चुनावका लागि नेकपा एस र माओवादीको एउटै घोषणापत्र बनाउदै’

प्रकाशित मिति :  2 September, 2022 11:44 am


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग आगामी निर्वाचनमा एउटै घोषणापत्र बनाएर अघि बढ्नेबारे प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार सुर्खेतमा आयोजित पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले केही दिनभित्रै पार्टी एकता संयोजन समिति गठन गरेर एकताको प्रक्रिया औपचारिक रुपमा सुरु गरिने भन्दै मंसिर ४ गते हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने प्रयास भइरहेको बताएका हुन् ।

‘केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना छ । त्यहाँ घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइरहेको छ‚’ उनले भने ।

यसका साथै आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर अन्य केही पार्टीले पनि निर्वाचनमा जाने भन्नेबारे छलफल भइरहेको भन्दै उनले भने‚ ‘अहिले हाम्रो गठबन्धनभित्र त आ-आफ्नो चुनाव चिह्नबाट नै जानेखालको कुरा भइरहेको छ । केही पार्टी र साथीहरूले चाहिँ माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने भन्नुभएको छ । बाबुराम भट्टराईजीको पार्टी‚ बामदेव गौतमजीको पार्टीले पनि मा‌‌ओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्ने भन्नुभएको छ‚’ उनले भने ।

अध्यक्ष दाहालले गठबन्धनभित्र असहमतिको स्थिति नभएको बरु प्रभावकारी ढंगले यसलाई अगाडि लैजाने विषयमा सबै जना प्रतिबद्ध रहेको दाबी गरे ।

कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने प्रश्नमा उनले आफू यसअघि पनि चितवन-३ बाटै उठेको र फेरि पनि सोही स्थानबाट चुनाव लड्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने