"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजेन्द्र लिङ्देनले गरे प्रतिनिधिसभा सदस्य पद त्यागेको घोषणा

प्रकाशित मिति :  4 September, 2022 3:40 pm


काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए ।

आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको