"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धन सिट बाँडफाँट टुंग्याउने अन्तिम तयारीमा

प्रकाशित मिति :  5 September, 2022 11:17 am


सत्तारुढ गठबन्धनको कार्यदल बैठकको फाईल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दैछ। सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर ठोस सहमतिमा पुग्न सकेन। कार्कीका अनुसार अझै केही दिन सिट बाँडफाँटबारे छलफल गर्नुपर्ने देखिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेका छन्। आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन।

कार्कीका अनुसार अब दुई दिनभित्रमा सिट बाँडफाँट टुंगिने गरी छलफल भइरहेका छन्। कार्यदलमा सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने तयारी छ।

उनले न्यायोचित, सम्मानजनक र सबै दलले मैले जितेँ भन्ने हुने गरी सिट बाँडफाँट गरिने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको