"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धन सिट बाँडफाँट टुंग्याउने अन्तिम तयारीमा

प्रकाशित मिति :  5 September, 2022 11:17 am


सत्तारुढ गठबन्धनको कार्यदल बैठकको फाईल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दैछ। सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर ठोस सहमतिमा पुग्न सकेन। कार्कीका अनुसार अझै केही दिन सिट बाँडफाँटबारे छलफल गर्नुपर्ने देखिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेका छन्। आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन।

कार्कीका अनुसार अब दुई दिनभित्रमा सिट बाँडफाँट टुंगिने गरी छलफल भइरहेका छन्। कार्यदलमा सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने तयारी छ।

उनले न्यायोचित, सम्मानजनक र सबै दलले मैले जितेँ भन्ने हुने गरी सिट बाँडफाँट गरिने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने