"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजामती सेवालाई थप परिष्कृत गराउने सरकारको योजना छ : प्रम देउवा

प्रकाशित मिति :  7 September, 2022 10:17 am


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ। 

१९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने खाँचो रहेको बताउनुभएको छ। 

उहाँले मुलुक राजनीतिक सङ्कटको अवस्थामा रहेका विभिन्न कालखण्डमा समेत राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिने काममा निजामती प्रशासनको महत्वपूर्ण भूमिका रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। 

प्रधानमन्त्री देउवाले समयको परिवर्तनसँगै निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। 

उहाँले निजामती प्रशासनले विभिन्न चुनौती बेहोर्दै आए पनि  निरन्तर देश र जनताको सेवामा आफूलाई समर्पित गर्दै आएको उल्लेख गर्नुभएको छ। २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी गरिएको थियो।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने