"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजामती सेवालाई थप परिष्कृत गराउने सरकारको योजना छ : प्रम देउवा

प्रकाशित मिति :  7 September, 2022 10:17 am


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ। 

१९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने खाँचो रहेको बताउनुभएको छ। 

उहाँले मुलुक राजनीतिक सङ्कटको अवस्थामा रहेका विभिन्न कालखण्डमा समेत राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिने काममा निजामती प्रशासनको महत्वपूर्ण भूमिका रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। 

प्रधानमन्त्री देउवाले समयको परिवर्तनसँगै निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। 

उहाँले निजामती प्रशासनले विभिन्न चुनौती बेहोर्दै आए पनि  निरन्तर देश र जनताको सेवामा आफूलाई समर्पित गर्दै आएको उल्लेख गर्नुभएको छ। २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी गरिएको थियो।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको