"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालकोटमा शेखर कोइराला र केपी शर्मा ओलीविच भेटवार्ता

प्रकाशित मिति :  8 February, 2022 10:49 pm


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निकायको निर्वाचन र समसामयिक राजनीतिका बारेमा ओली-कोइरालाबीच मंगलबार साँझ छलफल भएको हो। एमसिसीबाट उत्पन्न परिस्थिति र एमालेले गरिरहेको संसदको अवरोध हटाउने विषयमा दुई नेताबीच छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

‘दुई जनाबीच एमसिसी, स्थानीय निकायको निर्वाचन र संसदको अवरोध कसरी हटाउने विषयमा छलफल भएको छ,’ थपलियाले भने।

उनका अनुसार कोइराला ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए। अहिले एमसिसी कसरी अगाडि बढाउने भन्ने विषयमा सत्तारुढ दलहरूमै विवाद छ भने सभामुख अग्नि सापकोटाले एमसिसी संसदमा टेबल गर्न सकिरहेका छैनन्। सभामुखले एमसिसी टेबल गर्न नसक्दा प्रतिनिधिसभाको बैठक नै स्थगित गरिएको छ।

यसैगरी, निर्वाचन आयोगले वैशाख ३० मा स्थानीय निकायको निर्वाचन गर्ने मिति तय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सो मितिमा स्थानीय तहको निर्वाचन गर्नका लागि पाँचदलीय गठबन्धनमा छलफल गरिरहेका छन्।

एमसिसी अगाडि बढाउने विषयमा देउवाले पनि सत्तारुढ गठबन्धन तथा प्रतिपक्षी दल एमालेसँग छलफल गरिरहेका छन्। केही समयअघि ओलीनिवास पुगेर देउवाले संसदको अवरोध र एमसिसी तथा स्थानीय निकायको चुनावबारे छलफल गरेका थिए।

यो सिलसिला जारी रहँदा कांग्रेसमा देउवाइतर समूहको नेतृत्व गरेका कोइराला पनि ओलीसँग छलफल गर्न पुगेका हुन्। तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा ओलीले अडान लिइरहेका थिए भने कोइरालाले पनि स्थानीय निकायको चुनाव तोकिएकै समयमा हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका थिए।

ठिक यहीबेला ओली र कोइरालाबीच भएको भेटलाई महत्वका साथ हेरिएको छ। कोइरालाका स्वकीय सचिव थपलियाले तीन वटै विषयमा सकारात्मक कुरा भएको बताए।  

एमसिसी अगाडि बढाउने विषयमा देउवाले पनि सत्तारुढ गठबन्धन तथा प्रतिपक्षी दल एमालेसँग छलफल गरिरहेका छन्। केही समयअघि ओलीनिवास पुगेर देउवाले संसदको अवरोध र एमसिसी तथा स्थानीय निकायको चुनावबारे छलफल गरेका थिए।यो सिलसिला जारी रहँदा कांग्रेसमा देउवाइतर समूहको नेतृत्व गरेका कोइराला पनि ओलीसँग छलफल गर्न पुगेका हुन्।

तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा ओलीले अडान लिइरहेका थिए भने कोइरालाले पनि स्थानीय निकायको चुनाव तोकिएकै समयमा हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको