"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल बालुवाटारमा जारी

प्रकाशित मिति :  8 September, 2022 11:24 am


फाईल फोटो

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल भएको छ। आज बिहान ९ बजेदेखि सिट बाँडफाँट कार्यदल र नेताहरूको बैठक जारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेका थिए। विवादित क्षेत्र प्रधानमन्त्रीसहित पाँच दलीय शीर्ष नेताले टुंग्याउने तयारी पनि छ। 

दलहरूले आफूले दाबी गरेका क्षेत्रमा गत चुनावहरूमा प्राप्त मतलगायतबारे विश्लेषणसहित क्षेत्रगत छलफल पनि गरेका छन्।समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज १ मा बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउने गरी तयारी छ।

प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भने असोज २३ मा हुने आयोगको कार्यतालिका छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको