"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभाको बैठक : सत्ता गठबन्धनको स्वार्थ र प्रतिपक्षको अवरोधले अन्योलतामा

प्रकाशित मिति :  8 February, 2022 11:10 pm


Photo : Google Source

काठमाडौं । सोमबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले सोमबारको बैठक स्थगित भएको जानकारी दिएको छ। अर्को बैठक फागुन ४ गते बुधबार १ बजे बस्ने सूचनामा उल्लेख छ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले सोमबारको बैठक स्थगित भएको उल्लेख गरिएको छ । स्रोतका अनुसार मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु एकमत नभएकाले प्रतिनिधिसभाको बैठक सारिएको स्रोतको दावी छ । नेकपा माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकले एमसीसीबारे ठोस निर्णय गरेपछि संसद बैठक बोलाउनु उपयुक्त हुने भन्दै माओवादीले बैठक सार्न लगाएको स्रोतको दावी छ ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद