"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनाव दाङ २ : उपाध्यक्ष महरा र महासचिव पोखरेलको प्रतिस्पर्धा हुने निश्चित

प्रकाशित मिति :  12 September, 2022 11:52 am


दाङ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलको प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ । आइतबार माओवादीले उपाध्यक्ष महरालाई उम्मेदवारमा सिफारिस गरेसँगै आगामी निर्वाचनमा दुई ठुला नेताको प्रतिस्पर्धा हुने भएको हो । 

आइतबार माओवादीले क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि महरासहित तीनजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिनुभयो ।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको हो भने शर्मा समानुपातिक सांसद हुनुहुन्छ । त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २  बाट उम्मेदवार भए पनि पराजित हुनुभएको थियो । यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शङ्कर पोखरेललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको