"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल (सन् २०२६) सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन्छ : प्रम देउवा

प्रकाशित मिति :  २९ भाद्र २०७९, बुधबार १६:१८


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको छ । बुधवार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपाललाई २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको छ । मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्त्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ ।’’

उहाँले वर्तमान सरकारले १५औँ पञ्चवर्षीय योजना अनुसार पूर्वाधार विकासलाई  प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको छ ।

दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औँल्याउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सरकारले १५औँ पञ्चवर्षीय योजनालाई प्राथमिकता दिएर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । सरकारले राष्ट्रिय नीति बनाएर २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको छ । कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको छ ।’’

उहाँले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्नुहुँदै लगानी बढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको बताउनुभयो । लगानी बोर्डले ३३ वटा आयोजनाका लागि नौ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री देउवाले त्यसमध्ये २० वटा ठूला जलविद्युत परियोजना रहेको बताउनुभयो ।

‘‘नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्ने सकिने छ । लगानी बोर्डले लगानीको क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्नेछ । लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब बराबरको डलरका ओजना स्वीकृत गरेको छ । जसमा २० वटा ठूला जलविद्युत परियोजना रहेका छन्,’’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

लगानी बोर्ड दिगो पूर्वाधार लगानी फोरममा नेपालले घरेलु तथा बाह्य निजी लगानी आकर्षण गर्न अत्यावश्यक मानिएको परियोजना बैङ्क स्थापना गर्न निर्देशिका जारी गरेको छ । तीन वर्षअघि सार्वजनिक निजी साझेदारी र लगानी ऐन (पीपीपीआईए) ले नै गुणस्तरीय लगानी आकर्षणका लागि परियोजना विकास बैङ्क स्थापनाको परिकल्पना गरेको थियो तर ३ वर्षसम्म पनि निर्देशिका भने बन्नसकेको थिएन । 

बैङ्कयोग्य पूर्वाधारको सुनिश्चित पाइपलाइन परियोजनाको सिर्जना गर्ने, घरेलु प्रत्यक्ष लगानी (डीडीआई) तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि आन्तरिक आकर्षित गर्न परियोजना बैङ्कले सहयोग गर्नेछ । बोर्डले वैदेशिक लगानी भित्र्याउन सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरेको छ । 

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार