"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिक उम्मेदवार चयनमा कांग्रेसका चार मापदण्ड

प्रकाशित मिति :  15 September, 2022 12:22 pm


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार चयन गर्न चार वटा मापदण्‍ड बनाएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक उम्मेदवार चयन गर्न चार वटा आधार र मापदण्ड तय गरेको हो।

कांग्रेसले स्थानीय तह निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फ उम्मेदवार नबनाउने भएको छ।

दोस्रोमा २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्तिलाई फेरि उम्मेदवार नबनाउने भएको हो। यो कांग्रेसको विधानमा उम्मेदवार हुन नपाइने व्यवस्था भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ उम्मेदवार हुन सक्नेछन्।

यस्तै उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइने जनाएको छ।

चौथो बुँदामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार दिन भनिएको छ। उम्मेदवार छनोट गर्दा जातीय, लैंगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिने भनिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको