"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिक उम्मेदवार चयनमा कांग्रेसका चार मापदण्ड

प्रकाशित मिति :  15 September, 2022 12:22 pm


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार चयन गर्न चार वटा मापदण्‍ड बनाएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक उम्मेदवार चयन गर्न चार वटा आधार र मापदण्ड तय गरेको हो।

कांग्रेसले स्थानीय तह निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फ उम्मेदवार नबनाउने भएको छ।

दोस्रोमा २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्तिलाई फेरि उम्मेदवार नबनाउने भएको हो। यो कांग्रेसको विधानमा उम्मेदवार हुन नपाइने व्यवस्था भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ उम्मेदवार हुन सक्नेछन्।

यस्तै उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइने जनाएको छ।

चौथो बुँदामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार दिन भनिएको छ। उम्मेदवार छनोट गर्दा जातीय, लैंगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिने भनिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने