"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको आलोचना : मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे

प्रकाशित मिति :  15 September, 2022 6:52 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए । ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन’ ओलीले भनेका छन्, ‘प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ । नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’

ओलीले अगाडि भने, ‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने ।’आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।

२०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएको थियो । तर तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । ओलीले आफ्नो समूहको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरे भने प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई पार्टीबाट निष्कासन गरेका थिए ।

यद्यपि दुवैको कारबाहीलाई निर्वाचन आयोगले वैधता दिएन । बरु २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नामसम्बन्धी विवादमा फैसला गर्दा नेकपाको एकता नै खारेज गरिदियो । यससँगै एमाले र माओवादी केन्द्र व्यूँतियो ।

एमाले अध्यक्ष ओलीले भने माओवादी केन्द्र, एमालेमा समाहित भएको दाबी गर्दै आएका छन् । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेताहरु अहिले पनि एमालेमा रहेको भन्दै उनले प्रचण्डले आफ्नो समूह मात्र लगेको र त्यसलाई नै माओवादी केन्द्र भन्ने गरेको बताए ।

  • अनलाईनखवरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार