"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति समक्ष संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

प्रकाशित मिति :  ३१ भाद्र २०७९, शुक्रबार १७:००


काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए। संसदको कार्यकाल कहिलेसम्म रहने भन्ने विवाद थियो। निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिक उम्मेदवारको सूची पेश गर्न दलहरूलाई समय दिएको छ।

प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ मा हुने कार्यतालिका छ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुने भएकोले संसद अधिवेशन अन्त्य गरिएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आज बिहान एमाले संसदीय दलको बैठकमा भोलि (शनिबार) देखि संसद नरहने भएकोले चुनावका लागि गाउँ-गाउँमा जान सांसदहरूलाई आग्रह गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार