"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद सकिएसंगै चोलेन्द्रले सफाइ पाइसके : केपी ओली

प्रकाशित मिति :  18 September, 2022 6:56 pm


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताए । 

“हिजो संसद्को अधिवेशन समाप्त भयो । अधिवेशन समाप्त मात्र भएन यो संसद्को कार्यकाल समाप्त भयो । त्यसो भएपनि त्यो महाभियोग पारित भएन । दर्ता भयो र पारित भएन भने त कुरा सिद्धियो,” ओलीले भने, “त्यसमा सत्ता पक्षले उहाँलाई ढिलो गरेर सफाइ दियो । प्रक्रिया अघि नबढाएर सफाइ दियो ।”

उनले प्रस्ताव दर्ता गरेर पारित नगर्नु भनेको सत्तापक्ष आफैँले थापेको पासोमा परेर सफाइ दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने