"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद सकिएसंगै चोलेन्द्रले सफाइ पाइसके : केपी ओली

प्रकाशित मिति :  18 September, 2022 6:56 pm


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताए । 

“हिजो संसद्को अधिवेशन समाप्त भयो । अधिवेशन समाप्त मात्र भएन यो संसद्को कार्यकाल समाप्त भयो । त्यसो भएपनि त्यो महाभियोग पारित भएन । दर्ता भयो र पारित भएन भने त कुरा सिद्धियो,” ओलीले भने, “त्यसमा सत्ता पक्षले उहाँलाई ढिलो गरेर सफाइ दियो । प्रक्रिया अघि नबढाएर सफाइ दियो ।”

उनले प्रस्ताव दर्ता गरेर पारित नगर्नु भनेको सत्तापक्ष आफैँले थापेको पासोमा परेर सफाइ दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको