"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनको छलफल बालुवाटारमा जारी

प्रकाशित मिति :  21 September, 2022 12:11 pm


फाईल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको हो । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनबाट पारित भएको नागरिक विधेयक प्रमाणीकरण नगरेका सन्दर्भमा केन्द्रित भएर छलफल भइरहेको छ ।

‘राष्ट्रपतिजीले गर्न नहुने काम गर्नुभएको छ, यो असंवैधानिक कदम हो, गठबन्धनको लागि सह्य विषय छैन,’ ती नेताले भने, ‘अबको बाटो के हुने भन्नेबारे गठबन्धनमा छलफल चलिरहेको छ । निष्कर्षमा पुगेपछि गठबन्धनको तर्फबाट संयुक्त रूपमा प्रतिक्रिया आउन सक्छ ।’

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दल सिट बाँडफाँटको विषयमा समेत छलफलमा छन् । कार्यदलका सदस्य नेताहरूसमेत बालुवाटारमा जम्मा भएर छलफल गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको