"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनको छलफल बालुवाटारमा जारी

प्रकाशित मिति :  21 September, 2022 12:11 pm


फाईल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको हो । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनबाट पारित भएको नागरिक विधेयक प्रमाणीकरण नगरेका सन्दर्भमा केन्द्रित भएर छलफल भइरहेको छ ।

‘राष्ट्रपतिजीले गर्न नहुने काम गर्नुभएको छ, यो असंवैधानिक कदम हो, गठबन्धनको लागि सह्य विषय छैन,’ ती नेताले भने, ‘अबको बाटो के हुने भन्नेबारे गठबन्धनमा छलफल चलिरहेको छ । निष्कर्षमा पुगेपछि गठबन्धनको तर्फबाट संयुक्त रूपमा प्रतिक्रिया आउन सक्छ ।’

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दल सिट बाँडफाँटको विषयमा समेत छलफलमा छन् । कार्यदलका सदस्य नेताहरूसमेत बालुवाटारमा जम्मा भएर छलफल गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने