"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको घोषणापत्रमा सुझावका लागि सार्वजनिक अपिल

प्रकाशित मिति :  23 September, 2022 7:06 pm


काठमाडौं। नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत सुझावका लागि सार्वजनिक अपिल गरेको छ । कांग्रेसले घोषणापत्र निर्माणका क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सुरु गरिसकिएको जनाएको छ । 

‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ विविध धारणा राख्नु हुने सबैको सुझाव लिने निर्णय घोषणापत्र तयारी समितिले गरेको जानकारी समितिका सचिव डा. प्रदीप पराजुलीले दिनुभयो । समितिले स्वदेश र विदेशमा रहनुहुने कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक सबैसँग सुझाव माग गरेको छ । 

त्यसका लागि कांग्रेसले टेलिफोन तथा सामाजिक सञ्जालमार्फत सुझाव पठाउन आग्रह गरेको छ । श्रव्य, दृश्य वा स्वरमा पनि सुझाव दिन सकिने व्यवस्था गरेको छ । इमेल मार्फत सुझाव पठाउन nc.ghosanapatra2079gmail.com, ट्विटरमार्फत सुझाव पठाउन @nepalicongress र कांग्रेसको फेसबुक पेज www.facebook.com/nepalicongresshq मा गएर इनबक्समा म्यासेज गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने