"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको घोषणापत्रमा सुझावका लागि सार्वजनिक अपिल

प्रकाशित मिति :  23 September, 2022 7:06 pm


काठमाडौं। नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत सुझावका लागि सार्वजनिक अपिल गरेको छ । कांग्रेसले घोषणापत्र निर्माणका क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सुरु गरिसकिएको जनाएको छ । 

‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ विविध धारणा राख्नु हुने सबैको सुझाव लिने निर्णय घोषणापत्र तयारी समितिले गरेको जानकारी समितिका सचिव डा. प्रदीप पराजुलीले दिनुभयो । समितिले स्वदेश र विदेशमा रहनुहुने कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक सबैसँग सुझाव माग गरेको छ । 

त्यसका लागि कांग्रेसले टेलिफोन तथा सामाजिक सञ्जालमार्फत सुझाव पठाउन आग्रह गरेको छ । श्रव्य, दृश्य वा स्वरमा पनि सुझाव दिन सकिने व्यवस्था गरेको छ । इमेल मार्फत सुझाव पठाउन nc.ghosanapatra2079gmail.com, ट्विटरमार्फत सुझाव पठाउन @nepalicongress र कांग्रेसको फेसबुक पेज www.facebook.com/nepalicongresshq मा गएर इनबक्समा म्यासेज गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको