"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको घोषणापत्रमा ५ वर्षमा गर्नसक्ने विषयमात्र समेट्ने ओलीको निर्देशन

प्रकाशित मिति :  26 September, 2022 3:40 pm


काठमाडौं।  नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि यो पटक विगतको भन्दा छोटो, बुँदागत र  प्रस्ट चुनावी घोषणापत्र बनाउने भएको छ । साथै एमालेले आगामी ५ बर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनावी घोषणापत्र मस्यौदा समितिको बैठकले स्पष्ट र छोटो घोषणापत्र बनाउन उपयुक्त हुने निश्कर्ष निकाल्दै सोही अनुसार मस्यौदा तयार पार्ने काममा मस्यौदा कार्यदलका नेताहरु जुटेका छन् ।  एमालेले घोषणापत्र निर्माण गर्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ८ सदस्यीय ‘चुनावी घोषणापत्र मस्यौदा समिति’ गठन गरेको थियो । जसमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।

घोषणा पत्र मस्यौदा समितिका सदस्यहरुबीच शुक्रबार भएको छलफलमा घोषणापत्रमा समेट्ने विषयबारे विमर्श   भएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्  ।  मस्यौदा समितिका सदस्य समेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीले निर्माण गर्ने शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखिने बताइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार