"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवीन्द्र मिश्र विवेकशील साझा छोडेर राप्रपामा प्रवेश गर्दै

प्रकाशित मिति :  27 September, 2022 1:39 pm


काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी दिए। ‘राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहका बीच बुधबार एकता घोषणा सभा हुँदैछ,’ उनले भने, ‘राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधबार दिउँसो १२स्३० मा कार्यक्रम हुनेछ।’

मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए। उनले सोमबार बेलुकी पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए। मिश्रले विवेकशील साझाका केही नेताहरूलाई पनि राप्रपामा प्रवेश गराउने तयारी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको