"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवीन्द्र मिश्र विवेकशील साझा छोडेर राप्रपामा प्रवेश गर्दै

प्रकाशित मिति :  27 September, 2022 1:39 pm


काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी दिए। ‘राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहका बीच बुधबार एकता घोषणा सभा हुँदैछ,’ उनले भने, ‘राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधबार दिउँसो १२स्३० मा कार्यक्रम हुनेछ।’

मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए। उनले सोमबार बेलुकी पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए। मिश्रले विवेकशील साझाका केही नेताहरूलाई पनि राप्रपामा प्रवेश गराउने तयारी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने