"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस संसदीय समितिको बैठक बालुवाटारमा जारी

प्रकाशित मिति :  29 September, 2022 3:48 pm


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठक बसिरहेको छ । आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे छलफल गर्न बैठक बसेको हो । बैठकमा निर्वाचन आयोगमा बुझाइसकिएको समानुपातिक उम्मेदवारको बन्द सूची मिलाउने र प्रत्यक्षतर्फ उम्मेदवारहरुको विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।

समानुपातिक बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेको गुनासो गर्दै शेखर कोइराला समूहले आन्दोलन थालेपछि सभापति शेरबहादुर देउवाले बन्द सूची सच्याउने र प्रत्यक्षतर्फका समेत उम्मेदवार चयनबारे छलफल गर्न शीर्ष नेताहरुको बैठक राखेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित शीर्ष नेताहरु सहभागी छन् । समानुपातिक उम्मेदवारको सूचीमाथि विरोध भएपछि सभापति देउवाले त्यसलाई सच्याउन सकिने भन्दै छलफल थालेका थिए । बुधबार दिनभर नै पदाधिकारीहरुले बालुवाटारमा त्यसबारे आन्तरिक गृहकार्य गरेका थिए ।

बिहीबार बिहान बत्तिसपुतलीमा आफूपक्षीय कार्यकर्ताका लागि दसैंको शुभकामना आदान प्रदान गरेका नेता कोइराला र महामन्त्री थापा लगत्तै रणनीतिक छलफलमा जुटेका थिए । त्यसक्रममा नेता कोइरालाले उपसभापति गुरुङ, महामन्त्री थापासहित नेताहरुसँग रणनीतिक छलफल गरेका थिए भने त्यसपछि पार्टी पदाधिकारी बैठकका लागि बालुवाटार पुगेका छन् ।

बैठकले समानुपातिक सूचीलाई अन्तिम रुप दिने र गठबन्धनमा सिट बाँडफाँटमा पार्टीले लिने सिटबारे सहमति जुटाउने तयारी छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची सं‌शोधन गर्ने समय असोज १६ गतेसम्मको सीमा तोकेको छ ।

कांग्रेसले अहिले बुझाएको १०९ जनाको सूचीमा कोइराला समूहबाट १४ जनाको मात्रै नाम छ । नेता कोइरालाले ४० प्रतिशत भागबन्डा नगरेर न्यायोचितरुपमा उम्मेदवार चयन हुनुपर्ने दाबी गरेका छन् । तर दोस्रो तहका नेताहरु भने सभापति देउवाले न्यायोचित व्यवहार गर्न नजान्ने भन्दै ४० प्रतिशत भागबण्डा हुनुपर्ने भन्दै आएका छन् ।

कोइराला समूहले विरोध जनाएपछि प्रवक्ता प्रकाशशरण महतले भने पार्टीभित्र उम्मेदवार चयनका विषयमा कुनै विवाद नरहेको बताएका थिए । उनले सर्वसम्मत प्रक्रियाबाट उम्मेदवार चयन भइरहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार