"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न सकेको छैन : गगन थापा

प्रकाशित मिति :  30 September, 2022 11:14 am


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको भन्दै आलोचना गरेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको उनले बताए ।

‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो । सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,’ आज काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रमा थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन ।’

सरकार अहिले चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताए ।

‘तालमेल मिलाउने, भागबण्डा गर्ने त्यो पार्टीको काम हो, त्यो पनि गर्नुपर्छ,’ उनले भने, ‘यस बेलाको प्रमुख प्राथमिकता डेंगु हुनुपर्ने हो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने