"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न सकेको छैन : गगन थापा

प्रकाशित मिति :  30 September, 2022 11:14 am


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको भन्दै आलोचना गरेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको उनले बताए ।

‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो । सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,’ आज काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रमा थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन ।’

सरकार अहिले चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताए ।

‘तालमेल मिलाउने, भागबण्डा गर्ने त्यो पार्टीको काम हो, त्यो पनि गर्नुपर्छ,’ उनले भने, ‘यस बेलाको प्रमुख प्राथमिकता डेंगु हुनुपर्ने हो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको