"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गठबन्धनको बैठक : सिट बाँडफाँटबारे अन्तिम छलफलमा जुट्दै

प्रकाशित मिति :  6 October, 2022 11:21 am


फाईल फोटो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभाका सिट बाँडफाँटबारे छलफल गर्न पाँचदलीय सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ५ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार सत्तारुढ गठबन्धनको बैठक बुधबार पाँच बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुने बताइएको छ ।

पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल हुने र त्यसलाई अन्तिम रुप दिने तयारी भएको बताइएको छ । प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेश सभातर्फको पनि अन्तिम रुप पाउने कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले मंगलबारको बैठकका क्रममा जानकारी दिएका थिए । उनका अनुसार मंगलबारको बैठकमा प्रतिनिधिसभातर्फको केही सिटमा कुरा मिल्न बाँकी रहेको र प्रदेश सभाका पनि अधिकांश सिट बाँडफाँटमा समझदारी बनेको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाका सिट बाँडफाँटका लागि बालुवाटारमा केही दिनयता निरन्तर पाँच दलीय र दुई पक्षीय बैठकहरू भइरहेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेद्वारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेद्वारको अन्तिम सूची बनाउनुपर्ने भएकाले दलहरूको बैठक बस्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको