"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभामा १७ सिट सहित एमाले र जसपा बीच चुनावी तालमेलमा सहमति(सूची सहित)

प्रकाशित मिति :  २२ आश्विन २०७९, शनिबार १४:३४


आसन्न निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेलको सहमति भएको छ। शनिबार एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच भएको सहमति पत्र राख्दै यसबारे जानकारी दिएका हुन्।

दुई पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १४ जिल्लामा तालमेलको सहमति भएको छ।  सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कैलाली, मोरङ र सुनसरीमा गरी प्रतिनिधि सभाका लागि जसपाले १७ सिट पाउने भएको छ।

एमालेले भने ३५ सिट लिने सहमति भएको छ। प्रदेशसभातर्फ भने एमालेले ७० सिट र जसपाले ४२ सिट लिने गरी सहमति भएको छ।

जसपाले सत्ता गठबन्धनसँग सिट बाँडफाँटको कुरा नमिलेपछि एमालेसँग सहमति गरेको हो। जसपाले सत्ता गठबन्धनसँग आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिइराखेको थियो। सत्ता गठबन्धनले दिने सिटले नपुग्ने भन्दै जसले धेरै सिट दिन्छ, उतै जाने भन्दै आएको थियो।

जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको गठबन्धन बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए। बिहीबारदेखि जसपाले एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेको थियो। शनिबार भने दुई पार्टीबीच सहमति भएको हो।

हेर्नुहोस् एमाले र जसपाबीच १४ जिल्लामा भएको सिट बाँडफाँटको सूचीः



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार