"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभामा १७ सिट सहित एमाले र जसपा बीच चुनावी तालमेलमा सहमति(सूची सहित)

प्रकाशित मिति :  8 October, 2022 2:34 pm


आसन्न निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेलको सहमति भएको छ। शनिबार एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच भएको सहमति पत्र राख्दै यसबारे जानकारी दिएका हुन्।

दुई पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १४ जिल्लामा तालमेलको सहमति भएको छ।  सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कैलाली, मोरङ र सुनसरीमा गरी प्रतिनिधि सभाका लागि जसपाले १७ सिट पाउने भएको छ।

एमालेले भने ३५ सिट लिने सहमति भएको छ। प्रदेशसभातर्फ भने एमालेले ७० सिट र जसपाले ४२ सिट लिने गरी सहमति भएको छ।

जसपाले सत्ता गठबन्धनसँग सिट बाँडफाँटको कुरा नमिलेपछि एमालेसँग सहमति गरेको हो। जसपाले सत्ता गठबन्धनसँग आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिइराखेको थियो। सत्ता गठबन्धनले दिने सिटले नपुग्ने भन्दै जसले धेरै सिट दिन्छ, उतै जाने भन्दै आएको थियो।

जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको गठबन्धन बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए। बिहीबारदेखि जसपाले एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेको थियो। शनिबार भने दुई पार्टीबीच सहमति भएको हो।

हेर्नुहोस् एमाले र जसपाबीच १४ जिल्लामा भएको सिट बाँडफाँटको सूचीः



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने