"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस कार्यसम्पादन समिति बैठकमा निर्वाचन घोषणापत्रबारे छलफल

प्रकाशित मिति :  14 October, 2022 6:26 pm


काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा आसन्न निर्वाचनको घोषणापत्रको मस्यौदामाथि छलफल भइरहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनका अनुसार बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा तयारी समितिले घोषणापत्रको मस्यौदा प्रस्तुत गरेका छन् ।

विज्ञहरु स्वर्णिम वाग्ले र गोविन्द पोखरेलले घोषणापत्रका अन्तर्वस्तुबारे नेताहरुलाई जानकारी गराएपछि अहिले सुझाव राख्नेक्रम चलिरहेको नेता केसीले जनाए ।

‘अहिले घोषणापत्रको ड्राफ्टबारे प्रस्तुत भयो । सबैले सुझाव दिने काम भइरहेको छ । नेताहरूबाट घोषणापत्रलाई सामान्य भाषामा ल्याउन सुझाव आएको छ । मूलतः संविधानको रक्षा र कार्यान्वन, आर्थिक विकास र पूर्ण समुन्नत नेपाल निर्माण, सिमान्तकृत समुदायको आयको सुनिश्चितता, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति, समान पहिचान र प्रतिनिधित्वको व्यवस्था, युवाहरूलाई रोजगारीको सिर्जना गर्ने आधार प्रस्तुत गर्नेलगायत विषय समेट्न सुझाव आएका छन्,’ उनले भने ।

जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरु सहभागी छन् । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि कांग्रेस घोषणापत्रलाई पूर्णता दिन लागिपरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने