"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

प्रकाशित मिति :  16 October, 2022 3:39 pm


काठमाडौं । सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले कात्तिक ४ देखि ७ गतेबाट सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त विज्ञप्तिमा कात्तिक ४ गते पोखरा र बुटवलमा भेला हुने उल्लेख छ । उक्त भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी) ले गर्ने छ ।

त्यस्तै, कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रदेशस्तरीय हुने हुने छ । प्रदेश १ र मधेश प्रदेश भेलाको समन्वय नेपाली कांग्रेसले गर्नेछ । कात्तिक ६ गते सुर्खेत र धनगढीमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वयले माओवादी केन्द्र र कांग्रेसले गर्नेछ भने कात्तिक ७ गते काठमाडौं बागमती प्रदेशको भेलाको समन्वय माओवादी केन्द्रले गर्ने छ ।

सातै प्रदेशमा हुने भेलाहरुमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने