"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेकपा एसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

प्रकाशित मिति :  १४ कार्तिक २०७९, सोमबार १५:४१


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरूले सामूहिक रूपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन ।

घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताए ।

महासचिव भुसालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न नसकिने बताएका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन।

महासचिव भुसालले सत्तारुढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरुले चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको कुरा त्यही भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर पनि जनताको प्रतिनिधिको रुपमा त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन । यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौं । यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौ ।’’

गठबन्धन यही रहने र आफ्नो पार्टी पनि सरकारमा जाने परिस्थिति बन्यो भने पार्टीको नीति, कार्यक्रम र चुनावी घोषणा पत्रका प्रतिवद्धता सरकारमै रहेर कार्यान्वयनका लागि पहल गर्ने महासचिव भुसालको भनाइ थियो ।

महासचिव भुसालले आफूहरुले घोषणा पत्रमा पार्टी सरकारमा नरहने परिस्थिति आयो भने पनि जन प्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्नै कुरा उल्लेख गरिएको स्पष्ट पारेका छन् ।

‘‘हामीले यो घोषणा पत्रमै के भनेका छौं भने–हामी सरकारमा रहने अवस्था भयो भने हामी यी हाम्रा प्रतिवद्धताहरुलाई कार्यान्वयनमा उर्ताछौं । यदि हामी सरकारमा रहनौं भने हामी हाम्रा आवाजहरु जनताको आवाजको रुपमा जनप्रतिनिधिको रुपमा उठाईरहन्छौं । हाम्रोतर्फबाट हामीले पहल गरिरहन्छौं भनेका छौं । कुरा यही हो । गठबन्धन यही रहन्छ, यो गठबन्धनमा हामी पनि रहन्छौं भने हामीले हाम्रा नीति, कार्यक्रमहरु सरकारमै रहेर पहल गछौं । यदि यो रहेन भने अर्कैं परिस्थिति निर्माण भयो भने तदनुकूलनै हाम्रा कुराहरु लिएर अघि बढछौं ।’’

महासचिव भुसालले आधारभूत तहको शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन पनि आफूहरुले पहल गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत