"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी केन्द्रको प्रतिवद्धतापत्र : माओवादीको नेतृत्वमा मात्रै नयाँ नेपाल निमार्ण सम्भव

प्रकाशित मिति :  31 October, 2022 4:09 pm


काठमाडौँ । माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विद्यमान सबै समस्याको राष्ट्रिय निकासका लागि माओवादीकाे नेतृत्व आवश्यक रहेकाे बताएका छन्। 

प्रचण्डले सोमबार प्रतिबद्धतापत्र जारी गर्दै माओवादी केन्द्रको नेतृत्वमा मात्रै नयाँ नेपाल बनाउन सम्भव हुने दाबी गरेका हुन्। 

प्रतिवद्धतापत्रमा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउने प्रस्ताव गरेको छ। अध्यक्ष प्रचण्डले सोमबार सार्वजनिक गरेको प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावको प्रतिवद्धतापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक रहेको औल्याएको छ।

त्यसका लागि प्रतिवद्धतापत्रमा ‘जसको सवाल उसको नेतृत्व’ का लागि माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको