"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी केन्द्रको प्रतिवद्धतापत्र : माओवादीको नेतृत्वमा मात्रै नयाँ नेपाल निमार्ण सम्भव

प्रकाशित मिति :  31 October, 2022 4:09 pm


काठमाडौँ । माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विद्यमान सबै समस्याको राष्ट्रिय निकासका लागि माओवादीकाे नेतृत्व आवश्यक रहेकाे बताएका छन्। 

प्रचण्डले सोमबार प्रतिबद्धतापत्र जारी गर्दै माओवादी केन्द्रको नेतृत्वमा मात्रै नयाँ नेपाल बनाउन सम्भव हुने दाबी गरेका हुन्। 

प्रतिवद्धतापत्रमा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउने प्रस्ताव गरेको छ। अध्यक्ष प्रचण्डले सोमबार सार्वजनिक गरेको प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावको प्रतिवद्धतापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक रहेको औल्याएको छ।

त्यसका लागि प्रतिवद्धतापत्रमा ‘जसको सवाल उसको नेतृत्व’ का लागि माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको