"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आजबाट चुनावी प्रचारप्रसारको नयाँ चरणमा प्रारम्भ

प्रकाशित मिति :  3 November, 2022 11:19 am


काठमाडौँ । राजनीतिक दलले कात्तिक १७ गते बिहीबारदेखि आमसभा, कोणसभा तथा जुलुस गर्न पाउने भएका छन् । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर बिहीबारदेखि नै सञ्चारमाध्यममा प्रचारप्रसारसमेत प्रकाशन र प्रसारण गराउन पाउने छन् । 

निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको दिनभन्दा १७ दिन अघिदेखि मात्रै जुलुस, कोणसभा तथा आमसभा गर्न पाउने व्यवस्था गरिएको छ । 

निर्वाचन आयोगले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एउटा प्रक्रिया पार गरी बिहीबारदेखि निर्वाचन प्रचारप्रसार कार्यक्रम अर्को प्रक्रियामा रूपान्तरित भएको बताउनुभयो । उम्मेदवारले मतदातालाई प्रलोभनमा पार्ने गरी बोल्न नहुने तर घोषणापत्रमा उल्लेख गर्न पाउने सम्बन्धमा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “घोषणापत्रमा उल्लेख भएका विषयवस्तु उम्मेदवारले भाषणका क्रममा बोल्दा हुन्छ ।”

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ७१ जना व्यक्ति तथा संस्थालाई स्पष्टीकरण मागेको छ । प्रमुख आयुक्त थपलियाले हालसम्म स्पष्टीकरण मागिएका सबैको कारबाही प्रक्रिया कात्तिक २५ गतेभित्र टुुङ्गिने बताउनुभयो । 

राजनीतिक दलले आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि गरिने खर्च मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगले जनाएको छ । उम्मेदवारले गर्ने खर्चको अनुगमन र सूक्ष्म अध्ययन गर्न गृह मन्त्रालयलाई आग्रह गरेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिइएको छ, दुवै निकायको उम्मेदवारको खर्च अध्ययनलाई उम्मेदवारले आयोगमा बुझाउने खर्चसँग दाँजेर बढी खर्च गरेको पाइए छानबिन गरी कारबाही गरिने छ ।”



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने