"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वतन्त्र पार्टीको वाचा : ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था गर्ने

प्रकाशित मिति :  3 November, 2022 4:17 pm


काठमाडौं ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था अनिवार्य लागू गर्ने प्रतिबद्धता जनाएको छ।

बिहीबार सार्वजनिक सो पार्टीको वाचापत्रमा निर्वाचन प्रक्रिया सुधारका लागि ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था गरिने उल्लेख छ। राइट टु रिजेक्ट भनेको कसैलाई भोट दिन्न भनी मत दिने अधिकार हो भने राइट टु रिकल निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार हो।

सो पार्टीको चुनावी वाचापत्रमा राष्ट्रिय निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने र प्रत्यक्ष निर्वाचनमा न्यूनतम ३३ प्रतिशत महिला उम्मेदवार कायम नगर्ने दललाई चुनावमा सहभागी हुन नदिने व्यवस्था गर्ने उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने