"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वतन्त्र पार्टीको वाचा : ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था गर्ने

प्रकाशित मिति :  3 November, 2022 4:17 pm


काठमाडौं ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था अनिवार्य लागू गर्ने प्रतिबद्धता जनाएको छ।

बिहीबार सार्वजनिक सो पार्टीको वाचापत्रमा निर्वाचन प्रक्रिया सुधारका लागि ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’को व्यवस्था गरिने उल्लेख छ। राइट टु रिजेक्ट भनेको कसैलाई भोट दिन्न भनी मत दिने अधिकार हो भने राइट टु रिकल निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार हो।

सो पार्टीको चुनावी वाचापत्रमा राष्ट्रिय निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने र प्रत्यक्ष निर्वाचनमा न्यूनतम ३३ प्रतिशत महिला उम्मेदवार कायम नगर्ने दललाई चुनावमा सहभागी हुन नदिने व्यवस्था गर्ने उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको