"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता गर्दछु : गगन थापा

प्रकाशित मिति :  4 November, 2022 11:30 am


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

आज आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरूवात गर्दै थापाले जनताको मतको सम्मान गरिने र जनतालाई निराश नबनाउने पनि बताएका थिए।

‘हामी यसपटक चुनाव जितेपछि जनतालाई निराश बनाउँदैनौं, हामी चुक्ने छैनौं,’ उनले भने, ‘जनताको मतको इज्जत राख्छौं।’उनले निर्वाचन जितेपछि जनताका अपेक्षा सुझबुझ र परिपक्क ढंगले पूरा गर्नुपर्ने बताएका थिए।

सत्ता गठबन्धनमा रहेका दलहरू मिलेर स्थानीयस्तरदेखि राष्ट्रियस्तरका मुद्दा तथा विकास निर्माणका काम गर्ने थापाको भनाइ थियो।

दलहरूको संयन्त्र नै बनाएर विकास निर्माणका काम गरिने उनले बताए। उनले संविधान, स्थिरता र शान्ति मुलभूत उद्देश्य भएको र समृद्धिभन्दा अरू लक्ष्य नभएको पनि बताएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको