"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मंसिर ४ मा संविधान रक्षाका पक्षधर गठबन्धनलाई मत दिन देउवाको आग्रह

प्रकाशित मिति :  4 November, 2022 6:13 pm


धनगढी ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचनमात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ पनि भएको बताएका छन् । ठूलो मूल्य चुकाएर आएको संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उनले आग्रह गरे । 

आफ्नो गृहपालिका गन्यापधुराको बडालमा चुनावीसभालाई शुक्रबार सम्बोधन गर्दै देउवाले भने, ‘संविधान च्यात्ने काममा ओलीजीहरुको भूमिका ठूलो छ ।’ विद्युत् आयोजनाहरु निर्माणले मात्र देशमा ठूलो रोजगारी सिर्जना हुने भएकोले गठबन्धनले पहिलो प्राथमिकतामा जलविद्युत् विकासलाई राखेको प्रधानमन्त्री देउवाले सुनाए ।

डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्लामा चुनावीसभा र भेटघाटमा व्यस्त छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने