"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनावबाट ओलीलाई अब देशको नेतृत्व गर्न रोक्नै पर्छ : प्रचण्ड

प्रकाशित मिति :  10 November, 2022 12:24 pm


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनले बुधबार दार्चुलाको गोकुलेश्वरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले नै प्रस्ताव गरेर ओलीलाई २ पटक प्रधानमन्त्री बनाएको भएपनि अब ओली प्रधानमन्त्री नबन्ने घोषणा गरेका हुन् ।

‘ओलीजीलाई संविधान बनाउन सहमत हुनुहोस् भनेर पहिलोपटक मैले ओलीलाई प्रधानमन्त्री दिएको हो । वाम एकतापछि दोस्रोपटक मेरै प्रस्तावमा उहाँ प्रधामन्त्री बन्नुभयो’, उनले भने, ‘तेस्रोपटक ओली प्रधानमन्त्री बन्न सम्भव छैन । अब प्रधानमन्त्री बनेर देखाउन ओलीलाई पहिल्यै संसदमा मैले चुनौती दिइसकेको छु ।’

ओलीले कात्तिक १८ गते पहिलो चुनावी सभा दार्चुलाबाटै गरेका थिए । सभालाई सम्बोधन गर्दै ओलीले मंसिर ४ पछि १५० सिटसहित एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका थिए । ओलीको दाबीको जवाफ दिँदै प्रचण्डले दुईतिहाइको सरकार चलाउन नसक्ने ओलीले फेरी बहुमतको सरकार दाबी गर्नु आफैमा लाज लाग्ने कुरा भएको बताए ।

‘दुईतिहाइ बहुमतको संसद विघटन गर्ने। विशाल पार्टीलाई सेटिङ मिलाएर ध्वस्त बनाउने अनि कुन नैतिकताले जनतामाझ बहुमत माग्ने’, ओलीलाई उनले प्रश्न गर्दै भने, ‘ओलीलाई किन बहुमत चाहियो ? संविधान च्यात्न बहुमत चाहियो ? बाँकी रहेका कम्युनिष्ट सिध्याउन बहुमत चाहियो ?’

ओलीले दार्चुलाकै सभालाई सम्बोधन गर्दै भारतको कब्जामा रहेको भूमि फिर्ता लिन एमाले बाहेक अन्य दलले नसक्ने बताएका थिए । गठबन्धन सरकारलाई कायरहरूको बन्धन भएको आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने