"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान धरापमा परेपछि गठबन्धन गर्नुपर्‍यो : प्रचण्ड 

प्रकाशित मिति :  11 November, 2022 5:05 pm


गोरखा ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधान र लोकतन्त्रविरोधीहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन्।  उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।  

गोरखा– २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका प्रचण्ड दुई दिनदेखि  आफ्नो निर्वाचन क्षेत्रमा छन्। उनले संविधानको रक्षाका लागि वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन बनाउन बाध्य भएको दोहोर्‍याए। उनले एमाले अध्यक्ष केपी ओली पार्टी एकता, संविधान र जनताप्रति इमानदार नदेखिएको आरोप लगाए। 

ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो। कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको उनको जिकिर थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने