"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान धरापमा परेपछि गठबन्धन गर्नुपर्‍यो : प्रचण्ड 

प्रकाशित मिति :  11 November, 2022 5:05 pm


गोरखा ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधान र लोकतन्त्रविरोधीहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन्।  उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।  

गोरखा– २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका प्रचण्ड दुई दिनदेखि  आफ्नो निर्वाचन क्षेत्रमा छन्। उनले संविधानको रक्षाका लागि वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन बनाउन बाध्य भएको दोहोर्‍याए। उनले एमाले अध्यक्ष केपी ओली पार्टी एकता, संविधान र जनताप्रति इमानदार नदेखिएको आरोप लगाए। 

ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो। कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको उनको जिकिर थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको