"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कस्तो छ राजनीतिमा युवा चासो ?

प्रकाशित मिति :  12 November, 2022 11:48 am


काठमाडौँ । ५० प्रतिशत युवाले मात्रै आफूलाई राजनीतिक रूपमा सचेत रहेको सोच्ने गरेको अध्ययनले देखाएको छ । तीमध्ये ६१ प्रतिशत पुरुष र २८ प्रतिशत महिला छन् । नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले गरेको अध्ययनले यस्तो तथ्य औँल्याएको हो ।

देशका एक हजार ८० युवामा गरिएको अध्ययनले १३ प्रतिशत युवाले आफू राजनीतिमा सक्रिय रूपमा संलग्न भएको बताएका थिए ।

त्यस्तै ४३ प्रतिशत युवा दलका नेता र दलले जनताको अपेक्षाको प्रतिनिधित्व गर्छन् भन्नेमा सहमत देखिएका छन् भने ८४ प्रतिशत राजनीतिक दलका नेताहरू आफ्नो स्वार्थका लागि चिन्तित रहने गरेकोमा सहमत भएका छन् ।

अध्ययनले ७५ प्रतिशत युवाले राजनीतिक दलहरूले पूर्वाधारका क्षेत्रलाई प्रमुख प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेको देखाएको छ भने ७४ प्रतिशत युवाले हार्ने भए पनि नयाँ उम्मेदवारलाई मतदान गर्ने कुरामा सहमत रहेको देखाएको छ ।

चुनावी प्रतिस्पर्धामा ३१.३३ प्रतिशत युवा उम्मेदवार

आसन्न निर्वाचनमा प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटमा देशभरबाट पाँच हजार ६३६ जना उम्मेदवार छन् । तीमध्ये ४० वर्ष र सोभन्दा मुनिका युवा उम्मेदवारहरूको संख्या एक हजार ७६६ अर्थात् ३१.३३ प्रतिशत छ । तर, देशभर बलियो संगठन भएका प्रमुख दलहरूले भने युवालाई उम्मेदवार बनाएका छैनन् । ठूला दलले युवालाई उम्मेदवार नबनाएका कारण अधिकांश ठाउँमा युवा उम्मेदवारहरू मुख्य प्रतिस्पर्धामा आउने सम्भावना छैन ।

जसकारण उम्मेदवारीको ३१ प्रतिशत युवा भए पनि प्रतिनिधिसभा र प्रदेशसभामा भने युवाको संख्या न्यून हुने निश्चित छ । पाँच महिनाअघि भएको स्थानीय तह निर्वाचनबाट निर्वाचितमध्ये ४० प्रतिशत युवा छन् । तर, संसद्मा भने त्यतिकै संख्यामा युवा प्रतिनिधित्व हुने गरेको छैन ।

त्यसो त यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा परेको युवा उम्मेदवारी विगतभन्दा कमजोर हो । ०७४ को निर्वाचनमा ५ हजार १९० ले उम्मेदवारी दिएकोमा एक हजार ८०९ अर्थात् ३४.८५ प्रतिशत युवा थिए । यसपटक पाँच वर्ष अघिको भन्दा कम उम्मेदवारी परेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने