"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगन थापा प्रधानमन्त्रीको रूपमा अघि नसरे म अघि सर्छु : महामन्त्री शर्मा

प्रकाशित मिति :  16 November, 2022 2:35 pm


झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गर्ने तर, उहाँले दाबी नगरे आफू अघि सर्ने बताउनुभएको छ। 

झापाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहनु भएका शर्माले आफूले थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्दै पछि नहट्न आग्रह गर्दै यस्तो बताउनु भएको हो।

‘‘गगन थापा अगाडि बढ्नु पर्छ, युवा हो, उमेरले भाइ हो तर मेरो साथी पनि हो’’, शर्माले भन्नुभयो, ‘‘विद्यार्थी राजनीतिक र अन्य राजनीतिमा म अघि भए पनि म भन्दा अघि सांसद भएका व्यक्ति थापा हो।’’ 

थापा यसबाट पछि हटे आफू प्रधानमन्त्रीको रूपमा अघि बढ्ने पनि शर्माले बताउनु भएको छ। ‘‘यदि थापा अलिकति पछि सरे झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको रूपमा म अघि सर्छु’’, शर्माले भन्नुभयो, ‘‘मैले प्रष्ट भनेको छु र म पछि सर्ने वाला छैन। यो विषय मैले लुकाएर वा सङ्कोच मानेर भनेको छैन र स्पष्ट रूपमा सबैले सुन्ने गरी भनेको छु। ’’

उहाँले यो विषयमा आफूले नेतृत्वलाई समेत भनिसकेको पनि जानकारी दिनुभएको छ। शर्माले यो पटक निर्वाचन जितेर आफू सिंहदरबार पुग्ने दाबी गर्नुभएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने