"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगन थापा प्रधानमन्त्रीको रूपमा अघि नसरे म अघि सर्छु : महामन्त्री शर्मा

प्रकाशित मिति :  16 November, 2022 2:35 pm


झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गर्ने तर, उहाँले दाबी नगरे आफू अघि सर्ने बताउनुभएको छ। 

झापाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहनु भएका शर्माले आफूले थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्दै पछि नहट्न आग्रह गर्दै यस्तो बताउनु भएको हो।

‘‘गगन थापा अगाडि बढ्नु पर्छ, युवा हो, उमेरले भाइ हो तर मेरो साथी पनि हो’’, शर्माले भन्नुभयो, ‘‘विद्यार्थी राजनीतिक र अन्य राजनीतिमा म अघि भए पनि म भन्दा अघि सांसद भएका व्यक्ति थापा हो।’’ 

थापा यसबाट पछि हटे आफू प्रधानमन्त्रीको रूपमा अघि बढ्ने पनि शर्माले बताउनु भएको छ। ‘‘यदि थापा अलिकति पछि सरे झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको रूपमा म अघि सर्छु’’, शर्माले भन्नुभयो, ‘‘मैले प्रष्ट भनेको छु र म पछि सर्ने वाला छैन। यो विषय मैले लुकाएर वा सङ्कोच मानेर भनेको छैन र स्पष्ट रूपमा सबैले सुन्ने गरी भनेको छु। ’’

उहाँले यो विषयमा आफूले नेतृत्वलाई समेत भनिसकेको पनि जानकारी दिनुभएको छ। शर्माले यो पटक निर्वाचन जितेर आफू सिंहदरबार पुग्ने दाबी गर्नुभएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको