"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङ्जा-२ मा मतगणनाको माग गर्दै कांग्रेसका धनराज गुरुङ धर्नामा

प्रकाशित मिति :  22 November, 2022 10:22 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ धर्नामा बसेका छन् ।

नेकपा एमालेले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: मतदानको माग गर्दै मतगणना गर्न दिएको छैन । तर कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना सुरु गर्न माग गर्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना बसेका हुन् ।

मतगणना तत्काल सुरु नगरे आन्दोलनका थप कार्यक्रम गरिने स्याङ्जा कांग्रेसले जनाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सबै समस्या निर्वाचन अयोगलाई जानकारी गराएको भन्दै अब आयोगको निर्णय अनुसार अघि बढ्ने बताए ।

स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्र कब्जा भएको निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले आवश्यक निर्णय दिइसकेपछि मात्रै अन्य प्रक्रिया अगाडि बढने प्रजिअ क्षेत्रीले बताए ।

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेकी सचिव पद्‍मा अर्याल र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने