"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिकमा एमाले र कांग्रेसलाई पछ्याउदै घन्टी

प्रकाशित मिति :  23 November, 2022 11:50 am


काठमाडौं । प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ। ७ लाख ८१ हजार ३ सय १९ सदर मतमध्ये एमालेले २२१६५३ (२८.३६ प्रतिशत) मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले १९८७६९ (२५.४४ प्रतिशत) मत पाएको छ।

तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ। घन्टी चिन्ह भएको उक्त पार्टीले १०१७०३ मत अर्थात् १३.०३ प्रतिशत मत पाएको छ। चौथो स्थानमा रहेको माओवादीले ९२१८४ मत (११.०१ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१९०१ मत ( ६.६४ प्रतिशत) मत पाएको छ।

जनता समाजवादी पार्टीले १६८५६ (२.१ प्रतिशत)  मत पाएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले  १६१७६, नेपाल मजदुर किसान पार्टी १३६१७, नेकपा (एकीकृत समाजवादी) ११९५६, नागरिक उन्मुक्ति पार्टी १०४६८ मत पाएको छ। अन्य दलहरूले ४६०३६ मत पाएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने