"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं–२ बाट नवनिर्वाचित सोविताले गौतम भनिन् ; देशमा परिवर्तनको सुरुवात भयो

प्रकाशित मिति :  23 November, 2022 1:38 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ कि नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् ।

बुधबार काठमाडौं–२ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपाली नागरिक आत्तिनुनपर्ने धारणा राखिन् । अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने भन्दै उनले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने धारणा राखिन् ।

उनले प्रदेशको अहिलेको संरचनालाई सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् । ‘परिवर्तनको शुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ताहरु आज विभिन्न अवसरको खोजीमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैंले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरुको देशमा मात्रै जाने ?’ उनले भनिन् ।

जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै सांसद गौतमले देशले गर्व गर्न लायक काम गरेर देखाउने बताइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको