"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

झापा ३ मा सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

प्रकाशित मिति :  24 November, 2022 6:48 pm


झापा । झापाको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

लिङ्देनले सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गरेका हुन्। लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३७२ मत पाएका छन्। लिङ्देन यसअघि ०७४ मा पनि यही क्षेत्रबाट सिटौलालाई हराउँदै विजयी भएका थिए। लिङ्देनलाई एमालेको सहयोग थियो भने सिटौला सत्तागठबन्धनबाट उम्मेदवार बनेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने