"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

झापा ३ मा सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

प्रकाशित मिति :  24 November, 2022 6:48 pm


झापा । झापाको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

लिङ्देनले सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गरेका हुन्। लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३७२ मत पाएका छन्। लिङ्देन यसअघि ०७४ मा पनि यही क्षेत्रबाट सिटौलालाई हराउँदै विजयी भएका थिए। लिङ्देनलाई एमालेको सहयोग थियो भने सिटौला सत्तागठबन्धनबाट उम्मेदवार बनेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको