"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुकुम पश्चिमबाट अर्थमन्त्री जनार्दन शर्मा विजयी

प्रकाशित मिति :  25 November, 2022 12:05 pm


रुकुम । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएका छन् । शुक्रबार बिहान सकिएको मतगणना अनुसार शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतको अन्तरले पराजित गरेका छन् ।

कुल ६० हजार ५ सय २७ मत खसेकामा शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गरे । नेकपा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन् । अन्य उम्मेदवार मध्ये स्वतन्त्र तारक केसीेले ३ हजार ५ सय ६७, राप्रपाका दिपकुमार मल्लले ७ सय ९६, स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २ सय १४ र मंगोलनेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २ सय ८ मत पाए ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट रुकुम पश्चिममा सबै क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए । प्रतिनिधिसभामा सहित दुवै प्रदेश सभामा माओवादीका उम्मेदवार फराकिलो मतान्तर सहित विजयी भएका छन् । 

प्रदेश क मा झण्डै ११ हजारको अन्तर 
प्रदेश सभा (१) बाट झण्डै ११ हजार मतान्तर सहित नेकपा माओवादी केन्द्रका महेन्द्र केसी पारसमणि विजयी भएका छन् । उनले नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९ सय ५२ मतान्तरले पराजित गरे । केसीले १९ हजार ३३ मत प्राप्त गर्दा एमालेका शाहले ८ हजार ८१ मत पाए । यो क्षेत्रमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका विनोदकुमार शाहले १ हजार ११ मत पाए । 

प्रदेश (२) मा १२ हजार मतान्तर सहित शर्मा विजयी 
प्रदेश सभा (२) मा १२ हजार मतान्तरले माओवादी केन्द्रका राजकुमार शर्माले नेकपा एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरेका छन् । शर्माले २० हजार १ सय ६० मत पाएका छन् । एमालेका घर्तीले ८ हजार ७८ मत पाए । राप्रपाका निर्जल केसीले १ हजार १ सय ७ मत पाए । मंगलबार बिहानबाट सुरु भएको मतगणना जिल्लामा शुक्रबार बिहान सकिएको हो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने