"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुकुम पश्चिमबाट अर्थमन्त्री जनार्दन शर्मा विजयी

प्रकाशित मिति :  25 November, 2022 12:05 pm


रुकुम । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा साढे २६ हजारको मतान्तरले प्रतिनिधिसभामा विजयी भएका छन् । शुक्रबार बिहान सकिएको मतगणना अनुसार शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतको अन्तरले पराजित गरेका छन् ।

कुल ६० हजार ५ सय २७ मत खसेकामा शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गरे । नेकपा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन् । अन्य उम्मेदवार मध्ये स्वतन्त्र तारक केसीेले ३ हजार ५ सय ६७, राप्रपाका दिपकुमार मल्लले ७ सय ९६, स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २ सय १४ र मंगोलनेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २ सय ८ मत पाए ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट रुकुम पश्चिममा सबै क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए । प्रतिनिधिसभामा सहित दुवै प्रदेश सभामा माओवादीका उम्मेदवार फराकिलो मतान्तर सहित विजयी भएका छन् । 

प्रदेश क मा झण्डै ११ हजारको अन्तर 
प्रदेश सभा (१) बाट झण्डै ११ हजार मतान्तर सहित नेकपा माओवादी केन्द्रका महेन्द्र केसी पारसमणि विजयी भएका छन् । उनले नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९ सय ५२ मतान्तरले पराजित गरे । केसीले १९ हजार ३३ मत प्राप्त गर्दा एमालेका शाहले ८ हजार ८१ मत पाए । यो क्षेत्रमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका विनोदकुमार शाहले १ हजार ११ मत पाए । 

प्रदेश (२) मा १२ हजार मतान्तर सहित शर्मा विजयी 
प्रदेश सभा (२) मा १२ हजार मतान्तरले माओवादी केन्द्रका राजकुमार शर्माले नेकपा एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरेका छन् । शर्माले २० हजार १ सय ६० मत पाएका छन् । एमालेका घर्तीले ८ हजार ७८ मत पाए । राप्रपाका निर्जल केसीले १ हजार १ सय ७ मत पाए । मंगलबार बिहानबाट सुरु भएको मतगणना जिल्लामा शुक्रबार बिहान सकिएको हो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको